रेडिमेट खानेकुरा जो हेर्दा आकर्षक, खाँदा स्वादिलो र बजारमा सर्वत्र उपलव्ध छन् त्यस्ता सबै खानेकुरालाई जंकफुड भन्ने चलन छ । खासमा जंक को अर्थ बेकारको र फुडको अर्थ खानेकुरा हो । एक प्रकारले जंकफुड भनेको बेकारको खानेकुरा हो भन्ने मान्यता पनि छ । मेडिकल साइन्सले पनि जंक फुडलाई त्यति स्वस्थकर भोजन मान्दैन ।
तर रेडिमेट खानेकुरालाई जंकफुड भनेपनि जंकफुडको ट्याग लागेका सबै रेडिमेट खानेकुरा बेकारका होइनन् । केहि खानेकुराहरु स्वादिला र स्वस्थकर दुवै छन् ।
चकलेट डार्क चकलेट पोषकतत्वले भरिपूर्ण हुन्छ । यसलाई एन्टी अक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत मानिन्छ । डार्क चकलेटले मुड फ्रेश मात्र गर्दैन यसले हाइ ब्लड प्रेसरलाई पनि नियन्त्रण गर्न सहयोग पुर्याउँछ । यसमा रहेको पोटाशियम र कपर स्ट्रोकले हृदयघात सम्बन्धी रोगको रोकथाममा पनि फाइदा तुल्याउँछ ।

सर क्रिम : यस क्रिममा फ्याट रहेको हुन्छ तर यसलाई क्यालोरीको राम्रो स्रोत मानिन्छ । सिमित मात्रामा खानाले यसले नोक्सान होइन फाइदा पुर्याउँछ । यसमा रहेको मिनिरल, क्याल्सियम, फस्फोरस र भिटामिन डी ले तपाइको शरिरलाई फाइदा पुर्याउँछ ।
पपकर्न : यसलाई जंक फुडको क्याटोगोरिमा राखिन्छ । तर निकै कम मानिसहरुलाई मात्र थाह छ कि पपर्कन स्वादका साथै स्वास्थ्यका लागि पनि लाभदायक वस्तु हो । यसमा रहेको प्रोटिन र फसफोरसका अतिरिक्त फ्याट फ्रि र ओरग्लुटेन फ्रि हुन्छ । पपर्कनमा लसुन र मरिचको धुलो राखेर खाँदा मुटु स्वस्थ र बलियो हुने गर्छ ।
आइसक्रिम : आइसक्रिममा अत्याधिक मात्रामा सुगर र फ्याट हुन्छ । सुगर र फ्याट हुँदा–हुँदै पनि कहिलेकाँही आइसक्रिम हाम्रो शरिरका लागि फाइदाजनक हुनसक्छ । किनकी आइसक्रिममा क्याल्सियम पनि अत्याधिक हुन्छ । क्याल्सियमले शरिरका हड्डीहरुलाई वलियो बनाउन मद्दत गर्छ । आइसक्रिम सुगर र कोलेस्ट्रोलका विरामीहरुले भने विर्सेर पनि खानु हुँदैन ।
पिज्जा : यस विषयमा कुनै द्धिविधा छैन कि पिज्जा एक जंकफुड हो । तर पिज्जा बनाउन अत्याधिक मात्रामा टमाटरको प्रयोग हुन्छ । जसले शरिरको भिटामिन ए र सि को आवश्यकता पुर्ति गर्छ । साथै पिज्जामा टमेटो केचपको पनि प्रयोग गरिन्छ जसले क्यान्सरको जोखिमलाई न्युनिकरण गर्नसक्छ । यद्यपि बाथ र युरिकएसिडका विरामीहरुले भने विर्सेर पनि पिज्जा लिनु हुँदैन ।