Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि हरेक शुक्रवार बिहान ‘साढे १० बजे १० मिनेट’ अभियान


    • गोर्खा ड्रीम
    •    

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ ।

    मन्त्रालयले सार्वजनिक सूचनामार्फत् ‘हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

    डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि आजदेखि हरेक शुक्रवार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराएर अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न मन्त्रालयले भनेको छ ।

    गएको वर्ष डेङ्गु सङ्क्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

  • ताजा समाचार