Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सरकारले आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्दैछ : मन्त्री बस्नेत


    • गोर्खा ड्रीम
    •    

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न लागिएको बताएका छन् ।

    धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीमा निर्मित प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र’ बिहीबार प्रदेश सरकारलाई हस्तान्तरण गर्दै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थाअनुसार नागरिकलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने तयारी रहेका बताएका हुन् ।

    सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको भन्दै उनले मन्त्रालयले छ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान हुने दाबी गरे।

    ‘स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरी तीन हजार २५ शय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम गरिसकेको छ’, उनले भने, ‘अस्पतालले १० प्रतिशत शय्या निःशुल्क छुट्याउने नियम कडाइपूर्वक पालना गराइने छ।’

  • ताजा समाचार