काठमाडौँ। प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवालाई पक्राउ गरेको छ ।
म्याद थपका लागि अदालत लैजाने क्रममा सिन्धुपाल्चोकका कमल खड्का हतकडीसहित फरार भएका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुंगेलले गोर्खा ड्रीमलाई बताए अनुसार उनलाई आज बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको हो ।
त्यसअघि उनी डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए ।