Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • आज पनि रवि लामिछानेसँग बयान लिइने


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार ३ घण्टा बयान लिइएको थियो । तर, हिजो बयान नसकिएकाले आज पनि उनको बयान लिइने भएको हो ।

    बयानका क्रममा रविले अभियोग पत्रमा भनेजस्तो कुनै पनि कसुरमा संलग्न नरहेको दाबी गरेका छन् । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ ।

    यसअघि गत आइतबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । बयान सकिएपछि लामिछानेको थुनछेक बहस हुनेछ ।

  • ताजा समाचार