Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • कोरोना संक्रमणबाट एक जनाको मृत्यु


    • गोर्खा ड्रीम
    •    

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोही अवधिमा १ सय ११ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कूल २५१७ जनामा कोरोना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कूल २५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १०४० र एन्टीजेनबाट १४७७ जनामा नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण देखिएको हो ।

    मन्त्रालयले कोरोना सक्रिय संक्रमितको संख्या ३७८ पुगेको जनाएको छ । बिहीबार ६० जना संक्रमण मुक्त भएका छन् ।

     

  • ताजा समाचार