Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


    • गोर्खा ड्रीम
    •    

    नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना  र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।

    यस्तै कोरोना सक्रिय सङ्क्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

  • ताजा समाचार