Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • खुर्सानीको बोराभित्र लुकाएको लागूऔषधसहित एक जना पक्राउ


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

    सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई नियन्त्रणमा लिएको हो ।

    भारतबाट पैदल आउँदै गरेका उनले ल्याएको हरियो खुर्साको बोराभित्र लुकाएको डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद भएको छ।

    नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि पठाइएको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • ताजा समाचार