Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • यू-१९ महिला एसिया कप : श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा नेपालले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने प्रतियोगितामा कप्तान पूजा महतोले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी हुन् ।

    नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो ।

    भारत र पाकिस्तानजस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो । भारतविरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

    समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।

  • ताजा समाचार