Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • प्रतिनिधि सभा सचिव अधिकारीले दिए राजीनामा


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ। प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य समस्याका कारण राजीनामा दिएको जनाउँदै उनले राष्ट्रपतिको कार्यालयमा पुगेर औपचारिक रूपमा राजीनामा दिएका हुन्।

    उनको राजीनामा भोलिदेखि लागू हुनेछ। अधिकारीले आफ्नो कार्यकालमा संसद् सचिवालयका विविध पक्षहरूलाई व्यवस्थापन गर्न उल्लेखनीय योगदान पुर्‍याएका थिए।

    सचिव अधिकारीको राजीनामापछि संसद् सचिवालयमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। उनले असार १९ मा नियुक्ति लिएका थिए ।

  • ताजा समाचार