Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ।

    विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो।

    समितिले आज एक सूचना जारी गदै इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची-१ मा उल्लेख गरिएको ढाँचामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेस गर्न आह्वान गरेको छ।

  • ताजा समाचार