Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सुन तोलामा १४०० बढ्यो, मूल्य हालसम्मकै उच्च


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन यस दिन १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ ।

    सुनको यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ ।

    यसअघि चाँदीको मूल्यले कात्तिक ७ गते २१३५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।

  • ताजा समाचार