Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सुनको मूल्यमा फेरि रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको तुलनामा आइतबार तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा आइतबार ४० रुपैयाँले बढेको छ । शुक्रबार १८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १९०० कायम भएको छ ।

  • ताजा समाचार