Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से २९ सयमुनि झर्‍यो


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ ।

    कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।

    माइक्रोफाइनान्स भने १.०८ प्रतिशत बढेको छ । बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटे ।

  • ताजा समाचार