काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी र नवनियुत्त प्रमुख प्रशासकीय अधिकृत भरत खनालबीच कार्यसम्पादन सम्झौता भएको छ ।
निमित्तको भरका चल्दै आएको तुर्माखाँदमा बुधवार (हिजो) प्रमुख प्रशासकीय अधिकृत भरत खनाल नियुक्ति भएका हुन् । उनी नियुक्ति भएको दोस्रो दिन नै बिहीबार (आज) अध्यक्ष र प्रशासकीय अधिकृतबीच जनता प्रति उत्तरदायी हुनुपर्ने सम्झौता भएको हो ।
नेपाल सरकार, प्रदेश सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय सरकार तथा नागरीकहरु प्रति जवाफदेही रही प्रचलित कानून बमोजिम कार्य सम्पादन गर्नुपर्ने उनिहरुबीच कार्यसम्पादन सम्झौता भएको छ ।
३५ बुदे लिखित करार सम्झौता सार्वजनिक गर्दै अध्यक्ष बिसी र प्रशासकीय अधिकृतले तुर्माखाँद गाउँपालिकालाई विकास र समृद्धिको आधार बनाउने सहमति गरेका छन् ।



