काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित भरत खनाल हाजिर भएका छन् । उनलाई आज (बुधवार) औपचारिक रुपमा गाउँपालिकाका स्वागत गरिएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसी सहित पालिकाका जनप्रतिनिधि र कर्मचारीले उनलाई स्वागत गरेका छन् ।
अधिकृत खनाललाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष बिसीले पालिकाको सुशासन र समृद्धिमा महत्त्वपूर्ण भूमिकाको अपेक्षा गर्दै कार्य उत्कृष्ट कार्यसम्पादन र सेवा प्रवाहका लागि शुभकामना दिए ।
आजै हाजिर भएका अधिकृत खनालले स्वागतका लागी धन्यवाद ज्ञापन गर्दै क्षेत्र भूगोल र भौगोलिक हिसाबले बिकट भए पनि नागरिकका आवश्यकतालाई मध्यनजर गरी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
लोक सेवा आयोगमा कार्यरत रहेका खनाल सरुवा भई तुर्माखाँद गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हुन् । लामो समयदेखी तुर्माखाद गाउँपालिका निमित्तको भरमा चल्दै आएको थियो ।
निमित्तको भरमा चल्दै आएको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ल्याउन गाउँपालिका अध्यक्ष बिसी लामो समयदेखी राजधानीमा खटिरहेका थिए । तर, केही अनलाइन समाचार माध्यमले उनी गाउँ सभा छोडेर काठमाडौंको दोहोरी साँझमा आएर मोजमस्ती गरिरहेको भन्ने भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरेका थिए ।