Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सुनको मूल्य अहिलेसम्मकै उच्च


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६ सय तोकिएको छ । शुक्रबारको तुलनमा सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

    शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २९ गते नेपाली बजारमा सुनको भाउले रेकर्ड राखेको थियो । उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको थियो ।

    त्यस्तै, आइतबार चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

  • ताजा समाचार