Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • प्रहरीले रोक्दारोक्दै दार्चुलाकी किशोरी नदीमा हाम फालेर बेपत्ता


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् ।

    शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका-१ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

    उनका अनुसार कुँवर हाम फाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हाम फालेकी हुन् ।

    अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • ताजा समाचार