काठमाडौँ । अछाममा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ स्थित आमरुख नजिक से १ ज ४२९ नम्बरको जीप बुधबार बिहान दुर्घटना भएको हो। चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउदले गोर्खा ड्रीमलाई बताए अनुसार मृत्यु हुनेमा डोटी पूर्व चौकी-४ का १८ महिनाका बालक किसान खड्काको छन्।
घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको अध्यक्ष साउदले बताए ।