Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • एलिनाको ‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ।

    आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख छ ।

    ‘म विश्वराज कार्कीले २०७८-०१-१५ मा रेकर्ड भएको गीत मेगेन्द्र सुवेदीसँग लिएँ । सुवास कार्कीको शब्द संयोजनमा म गायक विश्वराम कार्कीको लगानीमा सबै काम सकिएको थियो’, उजुरीमा अगाडि भनिएको छ ‘उक्त गीत हुबहु कपि गरेर भिडियो सहित सार्वजनिक गरिएको छ ।’ गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न माग गरेका छन् ।

  • ताजा समाचार