Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने पूर्ण इजलासको ठहर


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ ।

    नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि छ ।

    न्यायाधीशहरू डा. कुमार चुँडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो । यो फैसलासँग भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत कम्तीमा २ अर्ब रुपैयाँ हाराहारीको रकम राज्यकोषमा बुझाउनुपर्ने राजस्व प्रशासन स्रोतको भनाइ छ ।

    यो फैसलाले सर्वोच्च अदालतमा विचाराधीन करिव डेढ सय हाराहारीको संख्यामा रहेका नक्कली भ्याटबिलका मुद्दाहरूलाई समेत दिशानिर्देश गर्नेछ ।

  • ताजा समाचार