Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सत्ता गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठक बस्दै


    • गोर्खा ड्रीम
    •    

    २६ साउन, काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक  आज बिहीबार बस्दैछ ।

    मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

    निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिट बाँडफाँट हुन सकेको छैन । कार्यदलको यही साउयन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

    आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । सोही मापदण्डका अनुसार दलहरूबीच सिठबाँडफाँड हुनेछ ।

  • ताजा समाचार