Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • मुस्ताङमा एक वर्षमा आए ४ लाख २७ हजार पर्यटक


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । मुस्ताङका पर्यटकीय स्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् ।

    मुस्ताङ भित्रने एक मात्र बेनी-जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् ।

    घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्यांक तथा विवरण राख्ने गरेको छ ।

    मुस्ताङ प्रहरीले २०८० साउनदेखि २०८१ असार महिनासम्म ७४ हजार तीन सय ७४ वटा सवारी साधनमार्फत चार लाख २७ हजार दुई सय ७१ जना पर्यटक भित्रिएका जानकारी दिएको छ ।

    तीन लाख १८ हजार आठ सय १४ जना आन्तरिक, ९९ हजार दुई ७६ जना सार्क राष्ट्रका र नौ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका प्रहरीले भनाई छ ।

    आर्थिक वर्ष २०७९/८० मा ६२ हजार तीन सय ४० वटा सवारी साधनमार्फत तीन लाख ७९ हजार सात सय ६७ जना पर्यटक मुस्ताङ आएका थिए । जसमध्ये आन्तरिक पर्यटक तीन लाख तीन हजार आठ सय जना र विदेशी ७५ हजार नौ सय ६७ जना रहेका थिए ।