Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमाले लगायो ह्विप


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

    संसदीय दलको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेको प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए ।

    २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बुधबार (आज) दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

    मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसले दिउँसो २ बजे बैठक बोलाएको छ ।

    प्रमुख सचेतक विक्रम धामीले बैठक प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बस्ने जानकारी दिए । विश्वासको मतबारे निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको बैठक पनि जारी छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भने मुख्यमन्त्रीको विश्वासको मतबारे निर्णय गर्न दिउँसो २ बजे बैठक बोलाएका छन् ।

  • ताजा समाचार