Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • बीमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन आह्वान


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन आह्वान भएको छ । प्राधिकरणको गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै अध्यक्ष पदमा नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन आह्वान गरेको हो ।

    अध्यक्ष पदका लागि आवेदन दिन चाहने उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव भएको, फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएको लगायतका योग्यता भएको हुनुपर्नेछ ।

    योग्य तथा इच्छुक नागरिकले आवश्यक कागजातसहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

  • ताजा समाचार