Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • मन्त्री अधिकारीले भने-सहकारी चाहिँदैन भन्दै हल्ला फिँजाउनेलाई चुनौती दिनुहोस्


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिँजाइएको हल्ला मिथ्यामात्र रहेको बताएका छन् ।

    सोमबार काठमाडौँमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७ औँ वार्षिक साधारण सभामा उनले अब सहकारी चाहिँदैन भन्नेहरूलाई चुनौती दिन कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुस गराउने गरी काम गर्नुपर्ने बताए ।

    अधिकारीले भने,‘अहिले सहकारीहरू एउटै खाले हुन् । सहकारी ठिक छैनन् । अब सहकारी चाहिँदैन भन्ने एउटा तप्का छ । तिनीहरूलाई चुनौती दिनको लागि र सहकारी ठिक छन् ,वास्तविक जनतासँग वा कृषिमा आधारित र भोलि जनताको जीवन स्तर उकास्ने ठाउँ भनेको सहकारी हो । किनभने सहकारीमा बचत जम्मा गर्छौँ, त्यही परिचालन गर्छौँ । अनि व्यवसाय निर्माण गर्छौँ । त्यसकारण हामी सहकारीमा फिँजाइएको हल्ला मिथ्या हो भन्ने आधारमा जान आवश्यक छ ।’

    उनले सरकारले विभिन्न संघ संस्थाहरू र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताए । सबैले सरकारको मुख ताक्ने मात्र नभई आ-आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने उनको भनाइ छ ।

    उनले भने,‘हाम्रो देशको आर्थिक स्थिति हेर्दा सरकारले विभिन्न संघ संस्था अथवा सहकारीलाई गर्ने सहयोगको बारेमा जति अपेक्षा छ, जति आवश्यकता छ । त्यो हुन सकेको छैन । त्यसैले सरकारको मुख ताक्ने मात्र होइन हामी सबल भएको छौँ । हामीले पनि पहल गर्नुपर्छ ।’

    उनले ऐन कानूनहरू पुरानै हुँदा अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको गुनासो गरे । त्यस्तै उनले भूमिहीन जनताहरूलाई सरकारले वास्तविक बसोबासका लागि जग्गा दिनुपर्ने पनि बताए ।

  • ताजा समाचार