Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • एमालेबाट निकालिएका रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नेकपा एमालेबाट निष्काशनमा परेका पूर्व उपाध्यक्ष भीम रावलले ‘मातृभूमि जागरण अभियान’ चलाउने बताएका छन् ।

    पुस १० गते एमालेबाट निकालिएका रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशलाई सुशासनको बाटोमा अगाडि बढाउन वैकल्पिक शक्ति निर्माणको आवश्यकता भएको समेत बताए ।

    ‘राज्य र राजनीतिलाई देशको सेवामा समर्पित गर्नुपर्छ । देश सबैभन्दा माथि हुन्छ । राजनीति र राजनीतिका अवयव यसैका लागि हुन् । यसैले सुशासनको बाटोमा निःस्वार्थका साथ अगाडि बढ्नुपर्छ । यसैको लागि समग्र विचार, नीति, कार्यक्रम ल्याउँछौँ, रावलले भने, ‘देशभक्तियुक्त सरकार र जनमतको आवश्यकता छ । यसका लागि राष्ट्रव्यापी अभियान चलाउनुपर्छ । राजनीति, देश, जनताको हितको लागि मातृभूमि जागरण अभियान सञ्चालन गरेर अगाडि बढ्छौं । यसका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य भएको छ ।’

    यसैतर्फ, पाइला अगाडि बढाउने भन्दै बीपी कांग्रेस र पूर्व सुरक्षाकर्मीको संगठनसँग छलफल भएको उनले बताए । उनले आफू पार्टी खोल्न नडराएको समेत बताए ।

    तर, अभियान कहिलेदेखि चलाउने भनेर रावलले खुलाएनन् । समय आएपछि अभियान चल्दै जाने उनको भनाइ छ । रावलले वैकल्पिक राजनीतिको लागि स्वतन्त्र दल, अगुवासँग पनि सहकार्य हुन सक्ने बताएका छन् ।

  • ताजा समाचार