Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

    सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।

    चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ ।

    छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ । सञ्चालक कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ ।

    न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो ।

    उनीहरूविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ ।

     

  • ताजा समाचार