Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपीएल) मा लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

    टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको हो ।

     

    ओपनर सैफ जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८औं ओभरको चौथो बलमा आउट भए । उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकिय साझेदारी गरे ।

    जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे । म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए ।

    कप्तान दीपेन्द्रले १९ बल खेल्दै ४ चौका र २ छक्का मदतमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे ।

    बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले १/१ विकेट लिए ।

  • ताजा समाचार