Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • चितवनविरुद्ध पहिले फिल्डिङ गर्दै कर्णाली


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आफ्नो तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

    कर्णालीका कप्तान सोमपाल कामीले टस जितेपछि चितवन राइनोजलाई पहिले ब्याटिङको निम्ता दिएको हो।

    लगातार दुई खेल जितेको चितवनविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा कर्णाली छ । कर्णाली यसअघिका दुवै खेलमा पराजित भएको थियो ।

    कर्णाली याक्सको प्लेइङ ११ मा शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिश सिंह ठकुरी रहेका छन् ।

    त्यस्तै चितवन राइनोजको प्लेइङ ११ मा दीपक बोहरा, कुशल मल्ल, जान निकोल लफ्टी इटन, रवि बोपारा, लुक बेन्केन्सटेइन, सन्तोष कार्की, शरद भेषावकर, अमर सिंह राउटेला, रिजन ढकाल, रन्जित कुमार, सोहेल तनविर छन् ।

  • ताजा समाचार