Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।
    कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो ।

    शिखर धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे ।
    धवनले छैटौँ विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे । मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे ।
    चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।
    बलिङमा काठमाडौँका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १/१ विकेट लिए ।

  • ताजा समाचार