Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • कीर्तिपुरको मेयरमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै छ ।

    डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३६० मतले अगाडि छन् । एमाले उम्मेदवार डा। सुरेन्द्र मानन्धरले २ हजार ६१ मत प्राप्त गरेका छन् ।

    यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा।डा। शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गरेका छन् ।

    केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले ९६५ मत प्राप्त गरेका छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।

  • ताजा समाचार