Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • दुर्गा प्रसाईँलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पाँच दिन थुनामै रहने भएका छन् ।

    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईँलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

    सीआईबीले प्रसाईँलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रसाईँलाई अपराह्न आफू मातहतको साइबर ब्युरोमा पठाएको थियो ।

  • ताजा समाचार