Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • विद्यार्थीको छात्रवृत्ति फारम भर्न/भराउन केन्द्रको अनुरोध


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाले कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीको छात्रवृत्ति फाराम भर्न/भराउन अनुरोध गरेको छ।

    सबै स्थानीय तहसहितलाई कात्तिक २९ गते पत्र पठाउँदै केन्द्रले विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्न भराउन अनुरोध गरेको हो।

    विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ उपदफा १ (क) अनुसार सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीका लागि आ.व. २०८१/२०८२ मा छात्रवृत्ति वितरण गर्ने प्रयोजनार्थ फाराम भर्न भराउन केन्द्रले अनुरोध गरेको छ।

    हेर्नुहोस् केन्द्रको अनुरोध पत्र :

  • ताजा समाचार