Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • माओवादी एसिया महादेश समितिले बाढीपीडितलाई गर्‍यो आठ लाख सहयोग


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश संगठन समन्वय समितिले बाढी, पहिरो पीडितका लागि रु. आठ लाख ३८ हजार तीन सय सहयोग गरेको छ ।

    समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो रकमको चेक हस्तान्तरण गरेको हो । समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्मालगायतले प्रदान गरेको चेक ग्रहण गर्दै अध्यक्ष दाहालले सहयोगका लागि समितिलाई धन्यवाद दिएका छन् । उनले मानवीय विपद्को सबै मिलेर सामना गर्नुपर्ने बताए ।

  • ताजा समाचार