काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा कात्तिक १ गते सुनुवाइ हुने भएको छ ।
लेनदेनका आधारमा न्यायाधीश सिफारिस गरिएको भन्ने अध्यक्ष घिमिरेको अभिव्यक्ति अवहेलनाजन्य भएको भन्दै सर्वोच्च अदालत प्रशासनका तर्फबाट मुद्दा दायर भएको थियो । उपरजिस्ट्रार गोविन्द प्रसाद घिमिरे प्रतिवेदक रहेर सोमबार मुद्दा दर्ता भएको थियो । मंगलबार पेसीको तयारी भए पनि दुई सातापछि मात्रै सुनुवाइको मिति तोकिएको हो ।