Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • घूस लिएको आरोपमा वडा अध्यक्षसहित २ जना अख्तियारको नियन्त्रणमा


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसहित २ जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगले झापा, बुद्धशान्ती गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीसहित २ जना घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

    ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुसररिसवत लिइसकेको अवस्थामा इलाका प्रहरी कार्यालय, अनारमनी, झापामा बुझाइएको थियो ।

    प्राप्त सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले ओलीलाई रु.८०,०००।– (असी हजार रुपैयाँ) घुसररिसवत सहित इलाका प्रहरी कार्यालय, अनारमनी, झापाबाट निज र घुसररिसवत दिने भारतीय नागरिक अमरनाथ चौहानसमेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

  • ताजा समाचार