Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • डा. स्वर्णिम वाग्लेले भने-रवि लामिछानेले ‘क्लिन चिट’ पाउनुभएको छ


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगका सम्बन्धमा क्लिन चिट पाएको दाबी गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वाग्लेले यस्तो बताएका हुन् ।

    ‘रवि लामिछानेजीले त आज क्लिन चिट पाउनुभएको छ मूल आरोपबाट । अव ठुला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू योबाट उजागर भएको छ’, वाग्लेले भने,‘अन्तत्वगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’ उनले वास्तविक सहकारी पीडितको मुद्दा नछोड्ने पनि बताए । सभापति रवि लामिछानेले अझै पनि आफूले उठाएको विषयलाई कसैले लिपपोत गरे आफूले प्रतिवाद नगर्ने बताए ।

    कार्यबहाक प्रवक्ता मनिष झाले समितिले ८३ अर्बको अवैध कारोबार भयो भनेको तर गोरखा मिडियामा ८५ करोडमात्र गएको भनेकाले ८२ अर्ब १५ करोड रुपैयाँ खोज्ने कि नखोज्ने बताए ।

  • ताजा समाचार