Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सहकारी अपचलनमा रवि लामिछानेको संलग्नता रहेको छानबिन समितिको निष्कर्ष


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्ष छ ।

    सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज बुझाउने तयारी गरेको छ । समितिका सदस्य लेखनाथ दाहालका अनुसार सहकारीको रकम जीवी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्‍याउने काम गरेका थिए । तर त्यसरी आएको रकम भने रविमार्फत खर्च भएको छ । गोर्खा मिडियामा जीवी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए ।

    गोर्खा मिडियाका तीन सञ्चालक (जीवी, रवि र छविराज जोशी)ले संयुक्त खाता खोलेका थिए । तर रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ ।

    दुई महिना लगाएर प्रतिवेदन लेखेको समितिले जम्मा दुई हजार पृष्ठको प्रतिवेदन तयार पारेको छ । दाहालका अनुसार सोधपुछ, बयान, अनुसन्धान र लेखन पछिल्लो एक महिना सँगसँगै चलेको थियो । सहकारी छानबिन समितिका अर्का सदस्यले बताए अनुसार रविको नाम आएपछि केही सदस्यबीच वाद प्रतिवाद समेत हुने गरेको थियो ।

  • ताजा समाचार