Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • देशको विकास र जनताको विश्वास नै हाम्रो आस


    • गोर्खा ड्रीम
    •    

    देशको विकास र जनताको विश्वास नै हाम्रो आस,
    नैतिकताको बाटोमा सधैँ रहन्छ सत्यको प्रकाश,
    ईमान्दारीको बलले हामी अघि बढ्नुपर्दछ
    सेवाबाट प्राप्त हुने सन्तुष्टिको फल खोज्नुपर्दछ।
    सेवाको मर्मको मूल खाँबो काँधले थाम,
    ईमान्दारी र  न्याय हो पद्धितिको नाम,
    जनताको खुशीनै परमोधर्म बनाई,
    देशको प्रगतिमा प्रतिबद्धताको कदम चाल।
    जनताको गुमेको विश्वास फिर्ता ल्याउन,
    सत्कर्म र पारदर्शितामा बल गरौँ,
    सत्य बोल र न्याय वितरण गर
    अनुशासनको बुइमा जनताको मन जितौँ।
    शुद्ध आत्माको चिन्तन राख्ने इमान अपनाउनु पर्छ,
    परिश्रमको गोरेटोमा हिम्मतको सडक खोल्नुपर्छ,
    जिम्मेवारी  खुसीले वहन गरी लक्ष्य भेट्नुपर्छ,
    कर्तव्य पालनाको सवालमा आफू मुस्तैद हुनुपर्छ।
    संघियताको विकल्प खोज्दै जनताहरु निराश छन्,
    निजामतीले नेतृत्वले सुदृढिकरणलाई ध्येय बनाउनुपर्छ,
    राजनीतिक विकृतिलाई रोक्ने मुख्य पथ बनी,
    इमानदार सेवाले ल्याओस् सुधारको रथ चलाउनुपर्छ।
    नेतृत्वले दिनुपर्छ सुशासन र न्यायको आधार,
    सेवामा राखौँ सन्तुलन अनि पारदर्शिता बन्छ सार,
    सक्षम, कुशल, र दक्ष सेवक बन्नुपर्छ,
    राष्ट्रको शान बढ्ने गरी कर्ममा अग्रसर हुनुपर्छ।
    समृद्ध नेपालको स्वप्नलाई साकार गरौँ,
    निजामती नेतृत्वले उज्यालो बिहानीको ढोका खोलौँ,
    सदाचारले भरिई जनताको आशा बन्छ,
    समर्पणले हरेक मनमा सकारात्मकता सञ्चार हुन्छ।
    निष्ठा र इमानले समृद्ध समाज बन्छ,
    सेवामा समर्पित कर्मले नयाँ युगको शुभारम्भ हुन्छ,
    आलस्य त्यागेर मेहनत गर्नुपर्छ,,
    निजामतीले उज्यालो आकाश देखाउन अघि बढ्नुपर्छ।
  • ताजा समाचार