सभापति देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भोजराज श्रेष्ठ (सिन्धुपाल्चोक), रमा ढकाल (काठमाडौँ), उदयबहादुर लिम्बू (धनकुटा), उपेन्द्र खडायत (कञ्चनपुर)लाई सदस्यमा मनोनयन गरेका हुन् ।
त्यसैगरी लोचन भट्टराई (नुवाकोट),नरवीर राउत (जुम्ला), देवा डाँगी (दाङ),सूचि कुमाल गोरखा, जितेन्द्रप्रसाद चौधरी (बारा) र लक्ष्मण विश्वकर्मालाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।