काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम आएको छ । ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।
यस्तै एकीकृत समाजवादीको चार उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित भएका छन् ।
त्यस्तैगरी उपाध्यक्षमा डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन् ।