Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • रास्वपा केन्द्रीय समिति बैठक सुरु


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहानदेखि बैठक सुरु भएको हो । बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुँदैछ ।

    बैठकमा मुकुल ढकालमाथि कारबाही गर्ने विषयमा छलफल हुने बताइएको छ । यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका ढकालमाथि अनुशासनको कारबाही गरी साधारण सदस्यबाट हटाउने विषयमा बैठकमा छलफल हुनेछ ।

    यस्तै, आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गर्न लागिएको हो।

  • ताजा समाचार