Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • के हुनेखानेले मात्र मेडिकल शिक्षा पढ्न पाउने हो ? भन्दै शेखर कोइरालाले उठाए प्रश्न


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताएका छन् ।
    मंगलबार सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकले काठमाडौँको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य सेवा वातावरण सहज बनाउन आग्रह गरे ।
    ‘के मेडिकल शिक्षा हुने खानेले मात्रै पढ्ने हो‚’ उनले प्रश्न गरे ।
    नेता कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा भएको बताए । सरकारी अस्पतालहरूमा समेत जनताले सेवा लिन नसक्ने अवस्थामा आएकोमा कोइरालाले चिन्ता व्यक्त गरे ।
    ‘आइओम (टिचिङ), वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन । अन्य निजी अस्पतालबाट झन् जनताले कसरी सेवा लिनु‚’ उनले भने ।
    नेता कोइरालाले स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्ने बताए ।

  • ताजा समाचार