काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्री बर्खास्त गरेका छन् ।
जम्बो मन्त्रीमण्डल विस्तार गरेको भन्दै चर्को आलोचना भएपछि केन्द्रको सत्तारुढ दलहरुको सहमतिमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा सहभागी ८ जनानै राज्यमन्त्रीलाई हटाएका हुन् ।
जसपाले यसैलाई मुद्दा बनाउँदै आन्दोलन गरिरहेको थियो । बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् । जसमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग रहेका छन् ।