Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुने भएको छ । आज बिहान ११ः११ बजे लामाको शपथ ग्रहण प्रदेश प्रमुख कार्यालय हेटौँडामा हुने तय भएको हो ।

    मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र काँग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन रहेको छ ।

    लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

  • ताजा समाचार