Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको चुनावी र्‍यालीमा चल्यो गोली


    • गोर्खा ड्रीम
    •    

    अमेरिका । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्‍यालीमा गोली चलेको छ । पेन्सीलभानियाको बटलरमा भएको र्‍यालीमा गोली चलेको हो ।

    पूर्व राष्ट्रपति ट्रम्प मञ्चमा बोल्दै गर्दा ठुलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ ।

    घटनास्थलमा एकजनाको शव भेटिएको जनाइएको छ । सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

  • ताजा समाचार