Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • गृहले भन्यो-फागुन १ गते सार्वजनिक बिदा छैन 


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ ।

    आज (सोमबार) एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो ।

    ‘‘ २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको ब्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

    यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

  • ताजा समाचार