अछाम । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँद भोलि अछाम आउने भएका छन् । अछामको तुर्माखाँद गाउँपालिकामा त्रिपुरा सुन्दरी ज्ञान विज्ञान धार्मिक महोत्सवको समापन गर्न अछाम आउन लागेको उनको स्वकीय सचिवालयले जनाएको छ ।
कालिकेश्वरी माध्यमिक विद्यालयको स्तरोन्नति तथा तुर्माखाँदमा क्याम्पस स्थापना गर्नका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले यो धार्मिक महोत्सव गर्न लागिएको आयोजक कमिटीका संयोजक पदम बिसीले जानकारी दिए ।
यही माघ १६ गते देखी सञ्चालन भइरहेको श्री त्रिपुरासुन्दरी तुर्माखाँद ज्ञान, विज्ञान धार्मिक महामहोत्सव भोलि देखि समापन हुँदै छ ।