Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा आज चौधरी पक्राउ परेका थिए ।

    जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो ।

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

    सम्बन्धित समाचार : व्यवसायी अरुण चौधरीलाई हिरासतमा राख्ने अनुमति लिन अदालत लैजाने तयारी

    सम्बन्धित समाचार : व्यवसायी अरुण चौधरी पक्राउ

  • ताजा समाचार